दीपेन्द्र बने ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी
सरोबर बडैला - अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् । १९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि […]
२० औं ओभरको पहिलो बलमा कुशल मल्लले एक रन लिँदै दीपेन्द्रलाई स्ट्राइक दिएका थिए । दोस्रो बलमा छक्का हान्दै ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए । यसअघि कुनैपनि नेपाली ब्याटरले ६ बलमा ६ छक्का हानेका थिएनन् ।
भारतीय ब्याटर युवराज सिंह ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् । उनले २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडलाई लगातार एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उक्त खेलमा युवराज सिंहले १२ बलमा अर्धशतक पूरा गरेका थिए । त्यो कीर्तिमान दीपेन्द्रले तोडेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का दक्षिण अफ्रिकाका हर्षल गिब्स, भारतीय युवराज सिंह, वेस्टइन्डिजका काइरन पोलार्ड र अमेरिकाका जसकरण मल्होत्राले प्रहार गरेका छन् । गिब्सले २००७ मा नेदरल्यान्ड्सविरुद्ध प्रहार गरेका थिए । पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध र त्यसै वर्ष मल्होत्राले पपुवा न्युगिनीविरुद्ध प्रहार गरेका थिए ।
ज्ञानेन्द्र मल्ल नेपालबाट एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने ब्याटर हुन् । २०१२ मा ज्ञानेन्द्रले साउदी अरेवियाविरुद्ध एकै ओभरमा ६ चौका हानेका थिए । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे ।
Comments
Post a Comment