धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ
हाम्रो धेरै लामो समए सम्मको प्रेम थियो तर सफल हुन सकेन उसको नाम प्रेम थियो । प्रेम सँग बिछोडिएको दिन बाट म पागल जस्तै हुन थालेको थिएँ। अन्तिम पटक मैले प्रेमलाई म्यासेज पठाएँ। "आज बाट म कहिल्यै तिमीलाई सताउँने छैन। सधैँ खुशी हुनु तिमी तिमीले जित्यौ अनि मैले हारेँ। मेरो त्यो दिन देखी यि आँखाबाट आँशुका धारा बगि रहयो । मुटु पोलि रहेको थियो। पलङको छेउमा उसले चिनो दिएको एउटा पछ्यौरी थियो। मैले त्यसलाई तानेर धेरैबेर सम्म नियाँली रहेँ। मलाई झनै गाह्रो भएर आयो । उसले त्यो पछ्यौरी उपहार दिँदा खेरिको पल आँखामा नाच्न थाल्यो। मलाई धेरै गाह्रो हुन थाल्यो । म पलङ बाट उठेँ छेउमा रहेको प्लास्टिकको कुर्सी तानेर बिचमा ल्याएँ। हातमा पछ्यौरी लिएर म कुर्सी माथी उभिएँ। पछ्यौरीको कुना पटिबाट एक सर्को घाँटिमा बेरेँ अनि गाँठो पारेँ।पछ्यौरीको अर्को कुनो तन्काएर माथी पंखामा बाँध्न खोजेँ। पंखा अलिक माथी भएको कारण मैले सजिलै भेट्न सकिन। खुट्टाका औंलाले मात्र कुर्सिमा टेकेर केही तन्किए पछि बल्ल पंखामा पछ्यौरी फेरो हाल्न पुगेँ। अफ्ठेरो गरि बल्लतल्ल पंखा...