धनगढी बाट १० जना जुवाडे पक्राउ
सरोबर बडैला – धनगढीको बसपार्कबाट पक्राउ परेका १० जना जुवाडी पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ५ काडामाण्डौका वडा अध्यक्ष खड्क साउँद सोही ठाउँका पुरनबहादुर खड्का, देवबहादुर खड्का, योगेन्द्र खड्का पक्राउ परेका पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पनि उनीहरु वडा अध्यक्ष रहेका स्पष्ट पारेका छन् जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्बमा रहेको कलेल होटलबाट पक्राउ परेका १० जना जुवाडेमा दुई जना वडाध्यक्ष रहेको खुलेको हो। बाँकी विभिन्न राजनीतिक दलका नेता र कर्मचारी रहेका पाइएको छ। उनीहरुले प्रहरीलाई समेत गलत पहिचान दिएको पाइएको हो। एक लाख चार हजार आठ सय १० रुपैयाँसहित पक्राउ परेका उनीहरुले प्रहरीलाई समेत मूर्ख बनाएका हुन।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार बसपार्कको कलेल होटलबाट सञ्चालक तेजबहादुर कलेलसहित १० जना पक्राउ परेका हुन्। उनले डोटीको विपीनगरका ३० वर्षिय सुजित खड्का, पक्राउ परेका बताएका थिए।
यस्तै गोदावरी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय कुवेर खड्का, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का धनबहादुर विष्ट, ३५ वर्षिय अमित बोहरा र दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ६ का अविनाश कठायत पक्राउ परेका चन्दले बताएका थिए। । प्रहरीले योगेन्द्र खड्का भनिएका व्याक्ति योगेन्द्र ठकुल्ला रहेको खुलेको छ। उनी पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का अध्यक्षसमेत रहेको खुलेको हो। यस्तै, खड्क साउँद डोटीको विपीनगरका भनिएका सुजित सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेका पाइएको छ।
देवलाल खड्का उनी एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य हुन। धनबहादुर विष्ट माओदावी केन्द्र प्रदेश कमिटि सदस्य तथा पूर्वीचौकी इञ्चार्ज रहेको खुलेको छ। गोदावरीका भनिएका कुवेर खड्काको स्थायी घर पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ रहेको पाइएको छ। उनी नेपाली काँग्रेसको पूर्व जिल्ला सदस्य हुन्।
स्रोतका अनुसार पुरनबहादुर खड्का शिक्षक हुन्। धनगढीको बसर्पाकको कलेल होटलमा वडाअध्यक्ष र नेताहरुको झुन्डलाई वडा प्रहरी, धनगढीको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको जिम्मा लगाइएको छ
Comments
Post a Comment