धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ
हाम्रो धेरै लामो समए सम्मको प्रेम थियो तर सफल हुन सकेन उसको नाम प्रेम थियो ।
प्रेम सँग बिछोडिएको दिन बाट म पागल जस्तै हुन थालेको थिएँ।
अन्तिम पटक मैले प्रेमलाई म्यासेज पठाएँ। "आज बाट म कहिल्यै तिमीलाई सताउँने छैन। सधैँ खुशी हुनु तिमी तिमीले जित्यौ अनि मैले हारेँ। मेरो त्यो दिन देखी यि आँखाबाट आँशुका धारा बगि रहयो । मुटु पोलि रहेको थियो। पलङको छेउमा उसले चिनो दिएको एउटा पछ्यौरी थियो। मैले त्यसलाई तानेर धेरैबेर सम्म नियाँली रहेँ। मलाई झनै गाह्रो भएर आयो । उसले त्यो पछ्यौरी उपहार दिँदा खेरिको पल आँखामा नाच्न थाल्यो। मलाई धेरै गाह्रो हुन थाल्यो । म पलङ बाट उठेँ छेउमा रहेको प्लास्टिकको कुर्सी तानेर बिचमा ल्याएँ। हातमा पछ्यौरी लिएर म कुर्सी माथी उभिएँ। पछ्यौरीको कुना पटिबाट एक सर्को घाँटिमा बेरेँ अनि गाँठो पारेँ।पछ्यौरीको अर्को कुनो तन्काएर माथी पंखामा बाँध्न खोजेँ। पंखा अलिक माथी भएको कारण मैले सजिलै भेट्न सकिन। खुट्टाका औंलाले मात्र कुर्सिमा टेकेर केही तन्किए पछि बल्ल पंखामा पछ्यौरी फेरो हाल्न पुगेँ। अफ्ठेरो गरि बल्लतल्ल पंखामा पछ्यौरी बाँधि सकेपछी सोचेँ अब उसलाई थाहा हुनेछ, म कति धेरै मायाँ गर्थें भनेर। उ पछुताउने छ मलाई यसरी धोका दिएकोमा।
मैले लामो स्वास फेरेँ अनि खुट्टाले कुर्सिलाइ ठेलिदिएँ। कुर्सी भुइँमा लड्यो। म तर्लङ्ग पछ्यौरिमा झुन्डिएँ। म केहीबेर छटपटाई रहेँ। अनि बिस्तारै सान्त भएँ। मेरा आँखा बन्द भयो। मेरो अगाडि अन्धकार अनि सुन्यता छायो।
मलाई होस् आयो। मैले आँखा खोलेर हेर्दा म चकित भएँ। यस्तो कसरी हुन सक्छ ? म कसरी जिवित छु अझै? म पछ्यौरिमा तुर्लुङ्ग झुन्डिएको छु। तर पनि म कसरी अझै मरेको छैन? अहँ यस्तो हुनै सक्दैन। घाँटिमा पासो लगाएर झुन्डिएको मान्छे कसरी जिवित हुन सक्छ ? म सँग प्रश्न धेरै थिए तर जवाफ एउटै थिएन। कदापी हुनै नसक्ने कुरा भएको थियो। मैले घाँटिमा कसिएको फछ्यौरी फुकाएँ । म यो आश्चर्य हुनुको जवाफ खोज्दै थिएँ। त्यति नै खेर मेरो नजर पंखा भए तिर पुग्यो। म झनै चकित भएँ। अर्को ठूलो झट्का लाग्यो मलाई। चक्कर आउला झैँ भएर आयो। आत्तिदैँ पलङबाट उठेँ अनि झुन्डिएको मेरो आफ्नै शरिरलाई समाउँन खोजे। तर अहँ मैले आफ्नो शरिरलाई छुन पनि सकिन। मेरा हातहरू मात्र हावामा सलबलाए। यो के हुँदैछ ? म आफ्नो शरीर झुन्डिएको देख्दैछु तर म त्यसलाई छुन पनि सक्दिन। कस्तो अचम्म? म हार खाएर फेरि पलङमा बसेँ अनि सोच्न थाले। सुनेको थिएँ आत्मा र शरीर अलग कुरा हुन्। भौतिक शरीर र आत्मा मर्दैमा र मृत शरीर संग आत्माको मिलन हुन पनि सक्दैन।अब भने मैले केही बुझेँ झैँ लाग्यो। जिवित मात्र मेरो आत्मा थियो। मेरो शरीर त मरिसकेको थियो। म आत्मा मात्र थिएँ। सोच्दा सोच्दै बाहिर बाट आवाज आयो। "
ए छोरी यति बेला सम्म किन उठ्दैनस् आज ? आवाज आमाको थियो।
म आत्तिदैँ कराएँ आमा यहाँ आउनुन।
केहिबेर आमाको आवाज आएन। फेरि केहिबेर पछि आमाले ढोकै बाहिर बाट कराउनु भयो " हैन किन सुन्दैनस् हँ ? उठ् भनेको छिटो।"
म उस्तै आत्तिँदैं रुँदै बोलेँ "आमा सुन्नुन।
आमाले ढोका ठेल्दै कराउनु भयो "हैन बोल्दा पनि बोल्दैन त।"
ठुलो झट्काले ढोका खोल्ने बित्तिकै आमा आत्तिनु भयो। आत्तिएर ठूलो आवाजमा कराउनु भयो " नानी ए नानी ।
आमा मेरो झुन्डिएको शरिरलाई पकडेर पागल झैँ चिच्याउँदै रुन थाल्नु भयो। बाहिर बाट बुबाको आवाज आयो "हैन के भयो हँ?"
आमाले उस्तै रुँदै चिच्याउनु भयो यहाँ हेर्नून नानीलाई के भयो😭
बुबा दगुर्दै कोठामा आउनु भयो। मेरो शरिर समाएर उभिनु भएकि आमा रुँदै भुइँमा ढल्नु भयो। आमाको आवाज मधुरो भयो। बुबाले आत्तिदै मेरो शरीर समातेर चिच्याउनु भयो छोरी यो तैँले के गरिस् यस्तो ?"
बाहिर बाट छिमेकीहरू हैन के भयो? भन्दै कोठामा पस्न थाले। सबै चकित भयो। आमा बुबा सँगै धेरै जनाको रुवाई अनि चिच्याहटले कोठा शोकाकुल भयो। म भुइँमा ढलेकी आमा भएको ठाउँमा गएर उठाउन खोजेँ, तर अहँ मैले आमालाई छुन सकिन। मैले कराएँ "आमा भन्दै ।" मेरो आवाज कसैले सुनेन। मैले बुझेँ अब म बोल्नु ब्यर्थ छ। मलाई कसैले देख्न अनि सुन्न सक्दैन। म त मरिसकेको छु। म हार खाएर फेरि पलङमा नै थ्याच्च बसेँ। आमाको फेरि आवाज आयो "ए नानी किन यस्तो गरिस् ? हामिले माया गरेनौं र तँलाइ ? मलाई पहिले मारेको भए हुन्थ्यो नि छोरी ।" चिच्याउँदा चिच्याउँदै आमाको आवाज सुकेर फेरि लड्नु भयो। छिमेकी काकिले छेउको जगको पानी टाउकोमा छ्याप्दै आमालाई काखमा राख्नु भयो। बुबा पनि रुँदा रुँदै लड्न खोज्नु भयो। छिमेकिहरूले बुबालाई सम्हाल्दै पलङमा बसाए। बुबाले भन्नू भयो "के दशा लाग्यो यो। छोरी ज्ञानि छे जस्तो लाग्थ्यो। कति सपना देखेको थिएँ।" बुबा भक्कानो छोडेर रुँन थाल्नु भयो। मैले कहिल्यै मेरो बुबा रोएको देखेको थिइन। ठूलो स्वरमा बोल्नु हुन्थ्यो। बुबाले फेरि भक्कानो छोडेर रुँदै भन्नू भयो। "हामिले के गरेको थिएन छोरी तेरो लागी ? हामिलाई केको सजाय दिएको यस्तो ?" हुन पनि हो, मेरा बा'आमाले मेरा लागि सबथोक गर्नु भएको थियो। आफ्नो हैसियत भन्दा धेरै गर्नु भएको थियो। सहरकै राम्रो कलेजमा पढाउनु भएको थियो। कहिले कुनै कुराको अभाव हुन दिनु भएको थिएन। मेरा लागी ज्यान दिने मेरा बुबाआमालाई बिर्सिएर मैले केही महिनाको प्रेमको लागी ज्यान दिएको थिएँ। मलाई आफै देखि धिक्कार लागेर आयो। म भक्कानो छोडेर रुँन थालेँ। तर मेरो रुवाई कसैले सुनेन अनि वास्ता गरेन। घरमा कोलाहल छाएको थियो। मान्छेहरूको भिड थियो।
कोठामा प्रहरी प्रबेश गरे। प्रहरिले सबैलाई कोठा बाहिर निकाले। छिमेकिहरू बाहिर निस्किए। प्रहरिले मेरो अनि कोठाको तस्बिर लियो, अनि पछ्यौरी काटेर मेरो शरिरलाई भुइँमा झारे। आमाले चिच्याएर रुँदै मलाइ अंगालो हाल्न खोज्नु भयो। तर प्रहरिले दिएनन्। आमाले रुँदै भन्नू भयो "मलाई पनि कसैले बीष ल्याइ देउन म पनि जान्छु नानी सँगै।" मैले मेरा बुबाआमा रोएको सुन्नै सकिन। म रन्थनिएर बाहिर निस्किएँ। घर बाहिर मान्छेको भिड थियो। कोहि आँसु पुछ्दै थिए। कसैले बिस्तारै भन्यो "कस्तो केटी रहेछ ।झुन्डिएर मर्नेको त माया पनि लाग्दैन।" अर्कोले बोल्यो "केटाले धोका दिएर मरेको रे।" फेरि अर्को बोल्यो "यस्ता सन्तान त नजन्मिएकै बेस बरु हेर बाआमालाई जिउँदै मारेर बिचरा।😭
मैले सुन्न सकिन। म बाटो छेउ तिर पुगेँ। त्यहाँ मेरा साथिहरू भेला भएर बसेका रहेछ। म नजिक गएँ। साथी कोपिला बोल्यो "किन यस्तो गरेको होला त्यसले? निरुता आँसु पुछ्दै भन्छिन् "अस्ति देखि तनाबमा थिइन तर यस्तो गर्छे भनेर त सोचेको पनि थिइन यार।" सबिताले लामो स्वाश फेरेर बिस्तारै बोल्यो । कस्तो केटाको लागि ज्यान दियो यार 😭जसका लागी ज्यान दियो त्यस्लाई त अलिकती पनि फरक परेको छैन।"
रमा सोध्छिन " प्रेमलाई सुनाइस्?"
निरुताले भन्यो "अगि फोन गरेको थिए मैले
उसलाई मर भनेको हैनपो मैले मलाई के मतलब । मैले त बिहे गरेँ म खुसी छु । उसको स्वरमा अलिकती पनि दुख थिएन यार🤔।"
सबिताले फेरि थप्दै भन्यो "मरेको खबरले सम्म मन नपगाल्ने केटाको लागि के ज्यान दिएको होला।"
मलाई रिंगटा लाग्ला जस्तो भयो। मेरो स्वास रोकिन खोज्यो। मैले जस्को प्रेममा मृत्यु रोजेको थिएँ उसलाई मेरो मृत्युको खबरले कति पनि फरक परेनछ😭। मलाई मैले मृत्यु रोजेकोमा पछुतो लागेर आयो। प्रेममा पागल भएर मैले मेरा बुबाआमा नै बिर्सिएर यस्तो गलत कदम उठाएको थिएँ,। तीनै बुबाआमाको भने सारा खुशी छिनिएको थियो। मैले केही महिनाको प्रेमको लागी बर्षौँ सम्मको प्रेमको हत्या गरेको थिएँ। जसले मलाई प्रेमको बदलामा प्रेम दिएन उसको लागी मैले आफुलाई भन्दा बढी प्रेम गर्ने अनि मलाई संसार ठान्ने मेरा बुबाआमाको मायालाई लात हानेको थिएँ। पासो म लागेको थिएँ। तर मरेको मेरो सारा परिवार थियो। म रुँदै कोठा भित्र पसेँ। मेरा बाआमा अनि आफन्तहरू डाँको छोडेर रोइ राखेका थियो। रुँदा रुँदै आमाको आवाज बिलिन हुन लागेको थियो। बुबाको पनि स्वर सुकि सकेको थियो। बुबाआमा दुबैजना अर्धचेत अवस्थमा हुनुहुन्थ्यो। मलाई गाह्रो भएर आयो। मलाई आमा बोलाउन मन लाग्यो। मैले कराएँ "ए आमा सुन्नुन
मेरो आवाज कसैले सुनेन। मैले झनै जोडले रुँदै कराएँ "ए आमा सुन्नुन ?
म झल्यास्स ब्युझिएँ। सबै सपना रहेछ। मेरो शरीर पसिनाले भिजेको थियो। आँखाबाट आँसु बगेका थियो । पल्लो कोठाबाट आमा बोल्नु भयो "के भयो नानी , किन कराको ?"
मलाई रुन आयो। म रोइदिएँ । आमा ढोका खोलेर मेरो नजिक आउनु भयो अनि सोध्नु भयो "के भयो ?"
मैले रुँदै आमालाई अंगालो हालेर बोलेँ
आमाले मेरो टाउको सुमसुम्याउदै भन्नू भयो "नराम्रो सपना देख्दा रुन्छन् त यति ठुली भएर?"
मैले केही जवाफ दिइन। आमाको काखमा टाउको राखेर सुतिदिएँ। केहिबेर पछि आमाले मेरो कपाल सुम्सुम्याउँदै भन्नू भयो "कहिलेकाहीँ खराब सपना देखिन्छ अर्कै तिर सम्झेर सुत अब।" यति भनेर आमा आफ्नो कोठा तिर जानू भयो। मेरो धड्कन लगभग शान्त भइसकेको थियो। मैले मेरो सिरानिमा राखेको मोबाइल निकाले। मोबाइलको ग्यालरी खोलेर हेरेँ। मोबाइलको ग्यालरीमा लगभग उसैको तस्बिरहरूले भरिएको थियो ।सबै डिलेट गर्दै गएँ। अनि बाबाआमाको एउटा फोटो वालपेपरमा राखेँ। उसले गरेको हरेक म्यासेज नम्बर सबै हटाएँ। अनि सोचेँ अब म यस्तो कदम कहिल्यै चाल्दिन । मलाई संसार ठान्ने बाआमालाई कहिल्यै रुवाउने छैन। मेरा बाआमाले जति प्रेम अँह मलाई कसैले गरेको छैँन र गर्न पनि सक्दैन। बाआमाको माया बिर्सिएर म कदापि कसैको प्रेमको लागी आफ्नो ज्यान बलिदान दिन सक्दिन। बाआमा नै मेरा संसार हुन् बाआमा नै मेरा भगवान् हुन सबथोक हुन धेरै माया धेरै सम्झना ..
सुशीला श्रेष्ठ दोलखा
Comments
Post a Comment