Posts

Showing posts from September, 2023

दीपेन्द्र बने ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

Image
सरोबर बडैला - अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् । १९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि […]   अलराउन्डर दीपेन्द्र सिंह ऐरी ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गर्नेक्रममा उक्त कीर्तिमान बनाएका हुन् । २० औं ओभरको पहिलो बलमा कुशल मल्लले एक रन लिँदै दीपेन्द्रलाई स्ट्राइक दिएका थिए । दोस्रो बलमा छक्का हान्दै ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए । यसअघि कुनैपनि नेपाली ब्याटरले ६ बलमा ६ छक्का हानेका थिएनन् । भारतीय ब्याटर युवराज सिंह ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् । उनले २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडलाई लगातार एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उक्त खेलमा युवराज सिंहले १२ बलमा अर्धशतक पूरा गरे...