फेसबूक बाट चरीत्र हत्या गर्ने युवक पक्राउ

पर्सा, २० जेठ । चरित्रहत्या तथा सार्वजनिक हित, स्वास्थ्य, सुविधा र नैतिकताविरुद्ध कसूर गर्ने युवक पक्राउ परेका छन् । स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

वीरगंज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।



Comments

Popular posts from this blog

धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ

धनगढी बाट १० जना जुवाडे पक्राउ

सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका