दोलखा कि साहित्यकार सुसिला श्रेष्ठ ले लेखिन आखा रसाउने गरिबी को जीवन कथा
(कथा )
एउटा सानो झुपडीमा बाबा एक छोरी र एक छोरा थिए
छोरी सानै थिन छोरा पनि ।
10 र 11 बर्षको थियो एक बर्षको फरक मात्रै थियो उनीहरु छोरिको नाम शिला थियो भने छोराको नाम शिशिर थियो
छोरी 7 कक्षामा पढ्थिन् भने छोरा 6 कक्षामा पढ्थ्यो
उनीहरुले सानै उमेरमा आफ्नो आमा गुँमाइ सकेको थियो
एक दिन स्कुल बाट सबैलाई केही दिनको लागी बनभोज लाने कुरा भएको थियो
उनीहरु स्कुलबाट घरमा आए दुबै जना
अब शिला र शिशिरको घरमा कुराकानी सुरु भयो
शिला : भाइ शिशिर
शिशिर : हजुर दिदी भन्नुस् न ?
शिला: तिमी यहाँ आउ त?
बाबा कोठामै हुनुहुन्थ्यो
शिला: भाइ हामी पिक्निक नजाउँन है हामी सँग पैसा छैन?
शिशिर : हिजो बाबाले पाँच सएमा कुखुरा बेच्नु भाको छ
जाने हो मत 😭
शिला : त्यतिले पुग्दैन भाइ घरमा नुन तेल सकिएको छ ?
शिशिर ठुलो ठूलो स्वरमा भन्छ
शिशिर : नै मत जान्छु साथीहरूले पनि के भन्छ जाबो दुई
सय पैसा पनी नहुने 😵
शिलालाई मनमा डर हुन थाल्यो कतै बाबाले थाहा
पो पाउने होकि उ कसैको मन दुखाउन चाहन्न थि
शिला: भाई बिस्तारै बोलन तिमीलाई म जसरी पनि पठाउछु
शिशिर : लल म बाबालाई भन्छु जसरी भएनी जाने हो
शिला: पिलिज भाइ बाबालाई नभन न तिमीलाई म पैसा
दिन्छु बाबालाई थाहा नदि पिक्निक जाउन है
शिशिर : हस् दिदी अनि तपाईं नजाने त?
शिला बहाना बनाउन बाध्य हुन्छिन्
शिला : मेरो टाउको दुखेको छ के म जान्न तिमी जाउन है?
शिशिर : हस् दिदी
शिला सोच्न थाल्छिन🤔
बाबा सँग जम्मा पाँचसय पैसा छ त्यो पनि घरमा सब रासानपानी सकिएको छ कसरी भनौं भाईलाई कसरी
पिक्निक पठाउने होला 🤔
अघिल्लो बर्ष शिलालाई जन्म दिनमा उसको एकदम मिल्ने साथी सन्तोषले गिफ्ट दिएको
एक जोडी कपडा थियो त्यो कपडा उसको साथि कल्पनाले
खुब मन पराउथ्यो उसको साथीपनि पिक्निक जाने कुरा थियो
शिलाले सोचिन
अँ साच्चै मेरो कपडा छ साथीले गिफ्ट दिएको कल्पना पनि जाने कुरा छ न उसले लगि हाल्छेकी सोध्छु एक पटक
तर उसलाई त्यो कपडा कसैलाई नदिनु भनेर सन्तोषले भनेको थियो तर बाध्यता छ उसलाई त बरु म सम्झाउछु कल्पना लाई पनि भन्छु सन्तोषलाई नभन भनेर भन्दै साथीकोमा गइन् कल्पना पनि घरमै रैछे
अब कल्पनालाई भन्छ
शिला : ओइ कल्पना ?
कल्पना: अँ शिला भन आज मेरो घरमा कसरी आइपुग्यौ है?
शिला: तिमी स्कुल बाट पिक्निक जान्छेउकी भनेर सोध्न
आकि जाने हैन ?
कल्पना : अँ जाने भनेको यार राम्रो कपडा नै छैन तर जानत
जसरी पनि जान्छु तिमी र म सँगै जाउँ ल?
शिला : जाने भनेर त ठिक परेको यार टाउको दुखेर नजाने
सोच बनाएँ मैले त नत्र मेरो अस्ति तिमीले मन
पराएको कपडा लगाएर जाउन त अब कहाँ
जान्छौ ? बजार पनि टाढा छ ?
कल्पना : ला होर अनि नगएत सर म्यामले गाली गर्नु हुन्छ
जसरी पनि जान पर्छ भनेको हैन र ?
शिला: यार अनि नसके पछि मर्न त भएननि भाई जान्छ
उ गएसी भैहाल्छ नि भनिदेउन है शिला बिरामी छे
भनेर तिमीले ?
कल्पना: ल ल हुन्छ अब के गर्नु त यार नसकेपछि म
भनिदिन्छु उसो भए तिम्रो कपडा देउन त मलाई?
शिला : ल तर बाबालाई नभनी देउल कडा दिएको भनेर?
कल्पना: म कहाँ भन्छु त पागल्नी बुझ्छु म पनि अनि सन्तोष
ले गाली गर्ने होकि कपडा दियो भनेर ?
शिला: उसलाई त म सम्झाउछु जसोतसो गरेर पनि
तिमीले पनि नभन है सन्तोषलाई लगाएकी मात्रै हुँ
भनन है?
कल्पना: ल ल हुन्छ त्यही भन्छु देउन त कति भन्छौ
कपडाको दाम भन ?
शिला : ऐले पाँच सय मात्रै देउ तिमीसँग पनि छैन होला
गएर आउ अनि पछि मिलाउँला नि हुँदैन ?
कल्पना: तिमी कति बुझ्ने छौ यार सबैको समस्या
हुन्छ नि त्यसै गरौंनत है ?
शिला: हुन्छ आउ जाउँ मेरो घरमा
कल्पना: हुन्छ हिड
दुबैजना शिलाको घर जान्छन् घरबाट शिलाको बाबा
निस्किनु भयो
शिला: बाबा चिया पिउन आउनु ?
बाबा: खान्न म तिमीहरू खाउ मैले पसलमा रक्सी खाको
शिला: बाबा यति बिहानै रक्सी किन यसले असर गर्छ ?
बाबा: थोरै खाको नानी
शिला: आज खानु भो ठिक छ भोली बाट नखानु है बाबा?
बाबा: ल ल छोरी
कल्पना : शिला कपडा देउ न ल म जान्छु ?
शिला : ए लल बिर्सेर पो बसेछु ल म ल्याइहाल्छु
शिला कोठामा कपडा लिन गइन् भाई पनि कोठामै
रहेछ
शिशिर: दिदी अनि खै पैसा दिनुन के मलाई ढिला भैसक्यो?
शिला एकैछिन सोच्छिन्
🤔 मेरो भाईलाई कसरी खुसी दिने होला बाबा पनि
तनावले गर्दानै रक्सी खाएर बस्नु हुन्छ
बिचरा भाइको त रमाउने उमेर नै हो भन्दै
सोचिरहन्छ
शिशिर: दिदी किन टोलाउनु भएको ?
शिला: हैन भाइ टाउको दुखेर यक्छिन् समाएर बसेको लेउ
पैसा बाबालाई चाहिँ न भन है स्कुलमा पनि दिदी
बिरामी हुनुहुन्छ भन है? गएर राम्रो सँग आउ फटाह
हुने हैन जथाभावी नहिड कोरोनाको डर धेरै छ
आफ्नो धेरै ख्याल गर्नु बाबालाई म भन्छु भाई
साथिकोमा गाको छ हिसाब् आएनरे सिक्न भनेर
गाको छ भन्छु
शिशिर: हुन्छ म गएँ है दिदी ?
शिला: ल ल जाउ 💘💘
शिला किचनमा खाना बनाउदै बरबर्ती आँसु झारेर
बस्छिन्
बाहिर बाट बाबा आउनु हुन्छ
बाबा : नानी किन स्कुल नगाको तिमी ?
शिला: बाबा धेरै टाउको दुखेको छ भाइलाई चिठी पठाको छु
सर म्यामलाई भनिदेउ भनेर आज र भोलि नजाने
बाबा बरु खाना खान हात धुनु ?
बाबा सोच्नुहुन्छ मैले खाना नखाए नानीले खादैन
होला
बाबा: ल पस्केउन त
शिला: हस्
शिला बाबाले खाना खानु हुन्न भनेर जबर्जस्ति
खानै मन नहुँदा पनि थोरै खान्छन् दुबैजनाले
शिला : बाबा म गाइलाई घाँस काट्न जान्छु है?
बाबा: सन्चो नभाको मान्छे पर्दैन जान
बाबा त्यति भनेर फेरि बजार जानू हुन्छ शिला
दिन भर घाँसपात गर्छे
गर्दा गर्दा साझ पर्यो तर बाबा आउनु भएन
शिला एक्लै घरमा सुतिन रात भर निन्द्रा लाग्दैन
बाबा कहाँ जानू भयो न फोन छैन भाई कतै
एक्लैपो कता गयो कि अर्को कुरा सन्तोषले मैले कपडा बेचेको कुरापो थाहा पाउने होकि पीडा पनि छ डर पनि त्यत्तिकै सोच्दै बसिन रात भर
उनिहरुको त्यो दिन र रात त्यसरी नै बित्यो
अब त्यस पछि के हुन्छ त भोलिको दिनमा
प्रतीक्षा गर्नु होला अर्को भाग पनि लिएर आउने छु
सुशीला श्रेष्ठ
Comments
Post a Comment