नेपालकी पहिलो मुस्लिम हिरोइन ओशिमा भन्छिन्- समाजको ‘डर’ छैन तर.. [फोटो फिचर]

 मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ।  पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो। उत्तिकै सोचनीय विषय हो, नेपाली फिल्मले मुस्लिम समुदायका कथालाई उतिसारो नसमेट्नु। चलचित्र ‘रोमियो’ मार्फत पहिलो पटक रजत पटमा आउन लागेकी मुस्मिल समुदायकी पहिलो नेपाली नायिका ओशिमा बानु धर्म र कलाकारितालाई जोड्न नमिल्ने बताउँछिन्। उनले आफूलाई कुनै धार्मिक समुदायकी नायिकाभन्दा नेपाली नायिकाका रुपमा हेरिदिन आग्रह गरेकी छन् ।मुस्लिम समुदायकी युवती पहिलो पटक चलचित्रमा आउँदा कस्तो महशुस गर्नु भएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन् ‘ मैले कुन धर्म मान्छु भन्दा मैले कस्तो काम गरेकी छु, भन्ने कुरा महत्वपूर्ण रहेको छ ।’ उनले थपिन ‘ आफ्नो व्यवसायिक पाटोमाजस्तै चलचित्रमा पनि मिहिनेत गरेकाले सबैले मनपराई दिनु हुनेछ ।’दुई म्युजिक भिडिओमा अभिनय गरिसकेकी यी नायिकाले अध्ययन पनि विजनेस म्यानेजमेन्टमा व्यचलर गरेकी छन् । विगत तीन वर्षदेखि ‘हाउस अफ फेसन’ नामक कंपनी चलाइरहेकी ओशिमाले ‘फेस अफ क्लासिक डाइमन्ड’ नामको प्रतिष्पर्धामा उपाधिसमेत जितेकी थिइन् ।

Comments

Popular posts from this blog

धेरै लामो समय सम्मको प्रेम कथा थियो तर सफल हुन सकेन सुशीला श्रेष्ठ

धनगढी बाट १० जना जुवाडे पक्राउ

सुदूरपश्चिम को चर्चित मेला पोखरी जात हेर्न नछुटाउनु होला 25 गते रत्याणी 26 गते दिउस्याणी धमका