गजलकार सरोबर बडैला ले लेखे प्रेमिकालाई दम्दार गजल
घरी घरी प्रिय् यसरी किन रिसाई दिन्छौ
तिमि भयंकर आक्रोश भएर आई दिन्छौं
मेरो पनि दिल हो नदुख्ने पत्थर त होइन नि
वास्तै नगरि बेस्सरी दिल किन दुखाई दिन्छौं
हरेक दिन सपनीमा आउछु भन्छौ आउदिनौ
र मलाई आउने आसमा छट्पटाई दिन्छौ
भन्नलाई धेरै कुरा छ्न तर म भन्दैन तिम्लाई
किन कि तिमी सबै मजाक मा उडाई दिन्छौ
अन्तिम पल्ट एक सवाल गर्छु जवाफ देउ है
पक्का नढाटी भन त्यो जवानी मलाई दिन्छौ
✍️✍️ सरोबर बडैला
पुर्बिचौकी गाउपालिका ७ पोखरी डोटी
हाल : भारत मुम्बई

Comments
Post a Comment